प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधामन्त्रीमध्ये एक पदबाट छाड्नु पर्ने माग

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी अध्यक्ष या प्रधामन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने बैठक माग गर्ने नेकपाका स्थायी कमिटी सदस्यहरुले अडान राख्ने भएका छन् । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा अलग्गै भेला गरेर उनीहरूले पार्टीमा एक व्यक्ति एक पदको वैधानिक अवधारणालाई अघि बढाउने भएका हुन् ।
स्थायी कमिटी बैठकको माग गर्ने २० जना सदस्यहरूको मङ्गलबार सामूहिक बैठकले मूलतः अध्यादेश प्रकरण, कोरोना महाव्याधि र एक व्यक्ति एक मुख्य जिम्मेवारीको वैधानिक व्यवस्थालाई पार्टीका हरेक निकायमा लागु गर्न दबाब दिने निचोड निकालेको बताइएको छ ।
नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार पार्टीमा एक व्यक्ति एक पदको वैधानिक व्यवस्थालाई तलदेखि माथिसम्म लागु गर्नुपर्ने बताएका हुन् । उनले भने हामी स्थायी कमिटीको बैठकमा यही कुरा उठाउँछौं ।
पार्टी एकतालाई बचाउन हामी प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई भेटेर पनि आफ्नो कुरा राख्छौं उनले भने । प्रधामनत्री ओलीले पार्टी अध्यक्ष कि प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ । समस्याको जड प्रधानमन्त्री नै भएकाले प्रधानमन्त्रीले नै निकास दिनुपर्छ भेलामा सहभागी अर्का हस्ताक्षरकर्ताले बताए ।