मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी 

हेटौडा न्युज
२४ बैशाख २०७७, बुधबार १३:४४
;

लकडाउनको विषयमा छलफल गर्नको लागि आज (बुधबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । कोरोना भाईरसको नियन्त्रणको लागि पछिल्लो पटक थपिएको लकडाउनको म्याद सकिनै लाग्दा बैठक बस्ने भएको हो । 

पछिल्लो पटक वैशाख २५ गते सम्मको लागि लकडाउन लम्ब्याईएको थियो । सो अवधि भोली सकिने भएकोले लकडाउन बारेमा आजको मन्त्रिपरिषद्ले निर्णय गर्ने भएको हो ।

यसअघि हिजो मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरिय समन्वय समिति बैठकले पनि सरकारलाई लकडाउनलाई निरन्तरता दिन सिफारिस गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*