राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितल निवास

हेटौडा न्युज
२१ बैशाख २०७७, आईतवार ०१:०९
;

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिएको बेला  केहीबेर अघि प्रधानमन्त्री ओली शीतलनिवास पुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार अपरान्ह साढे चार बजेतिर ओली शितल निवास पुगेका हुन् । प्रधानमन्त्रीको भेटघाट लम्बिएपछि ४ बजे बोलाइएको सचिवालय बैठक ५:३० सम्मका लागि सारिएको थियो ।

शनिबार ४ बजेलाई बोलाइएको नेकपाको सचिवालय बैठक साढे ५ बजेलाई सारेर प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरु बामदेव गौतम, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासँग भेट गरेका थिए । त्यसलगत्तै उनी शितल निवास पुगेका हुन् ।

पार्टी भित्रैबाट प्रधानमन्त्रीको राजीनामा मागिएपछि अप्ठेरोमा परेका ओलीले पछिल्लो समय संबैधानिक निकायका प्रमुखलाई पालैपालो भेट्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*