किन पुगे वामदेव प्रधानमन्त्री निवास बालुवाटारमा ?

हेटौडा न्युज
२० बैशाख २०७७, शनिबार २०:११
;

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अचानक प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भेट्न गौतम प्रधानमन्त्री निवास बतलुवाटार पुगेका हुन् । 

केहीबेर अघि गौतम बालुवाटार पुगेको प्रधानमन्त्री केपी ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए । 

गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले गौतमलाई कोरोनाको प्रभाव घटेपछि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । त्यसका लागि ठोस छलफल र निर्णय गर्न आजै शनिबार अपरान्ह चार बजेका लागि सचिवालय बैठक बस्दैछ । 

बैठकअघि गौतम बालुवाटार पुग्नुलाई नेकपाभित्रै अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार गौतमले आफूनिकटका नेता तथा कानुनका जानकारहरुसँग संविधान संशोधनलगायतका बारेमा परामर्श गरेका थिए । 

गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमा कुनै कानुनी र व्यवहारिक आधार नदेखिएपनि उत्साहित भएका गौतमको बाहिर भने आलोचना हुन थालेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*