थप ३१ नेपालीमा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ५७ पुग्यो

हेटौडा न्युज
१९ बैशाख २०७७, शुक्रबार ०४:३२
;

बहराइनमा थप ३१ जना नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । बिहिवार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमित नेपालीहरूको संख्या १ सय ५७ पुगेको छ ।

बहराइनस्थित नेपाली दूतावासले मंगलबार मात्र एकै पटक ७७ जना नेपालीमा कोरोना संक्रमण भेटिएको जनाएको छ ।

बहराइनमा १ हजार ४ सय ९४ जना कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ हजार पाँच सय ३४ जना संक्रमित हाल उपचारत रहेको जनाइएको छ ।

संक्रमित मध्ये धेरै स्थानीय छन् भने आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली संक्रमितको संख्या ठूलो रहेको दूतावासले बताएको छ ।

""

कोरोना संक्रमणकै कारण बहराइनमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*