प्रधानमन्त्री ओलि र नेता नेपाल बिच भेटवार्ता, सचिवालय बैठक भोलि

हेटौडा न्युज
१६ बैशाख २०७७, मंगलवार ०१:१५
;

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि मंगलबार बस्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको छलफलपछि मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा पुगेका हुन् ।

प्रधानमन्त्री ओली र नेता नेपालबीच आज सोमबार बिहान भेटवार्ता भएको थियो । वार्ता लगतै दुई पक्षका नेताहरू बिच कोटेश्वरस्थित नेपाल निवासमा छलफलमा भएको थियो ।

ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई जिम्मा दिएका थिए ।

नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*