डिज्नीले रोक्यो एक लाख कर्मचारीको तलब

हेटौडा न्युज
९ बैशाख २०७७, मंगलवार १९:०२
;

अमेरिकाको द वाल्ट डिज्नी कम्पनीले आफ्ना एक लाख कर्मचारीको तलब रोकेको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण व्यवसाय समस्यामा परेसँगै डिज्नीले यो साता कर्मचारीहरुको तलब रोक्ने निर्णय गरेको हो । अहिले तलब रोकिएका कर्मचारीको संख्या कम्पनीको समग्र जनशक्तिको करिब आधा हो ।

विश्वको सबैभन्दा ठूलो मनोरञ्जन कम्पनीले तलबको कटौतीबाट ५० करोड डलर बचाउने फाइनान्सियल टाइम्सले बताएको छ । बेतलबी बिदामा रहेका कर्मचारीहरुले पनि पूरै स्वास्थ्य स्याहार सुविधा भने पाउनेछन् । अमेरिकामा रहेका आफ्ना कर्मचारीहरुलाई भने उसले सरकारी सुविधाको लागि आवेदन दिन आग्रह गरेको छ । कोरोना भाइरसको महामारीपछि अमेरिकामा २ करोडभन्दा धेरैले सरकारी सुविधाको लागि आवेदन दिइसकेका छन् ।

डिज्नीको सबैभन्दा धेरै आम्दानी हुने डिज्नील्याण्ड पेरिस लगायत पार्कहरु केही सातादेखि बन्द छन् । गत महिना कम्पनीका कार्यकारी अध्यक्ष बब एगरले कोरोना भाइरसको महामारीको कारण तलब नलिने बताएका थिए । प्रमुख कार्यकारी बब चपकले आधामात्र तलब लिने घोषणा गरेका थिए ।

डेलिमेल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*