जनताको दुःख हेरेर दर्शक बन्दै छ सरकारः देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा बसेकाहरु सयौं किलोमीटर पैदल हिंडेर घर जाने जनताहरुको यात्राको दर्शक मात्रै भएको आरोप लगाएका छन् ।
सभापति देउवाले तत्काल गाँस बाँसको व्यवस्था गरेर सुरक्षित ढंगले घरसम्म पुर्याउने व्यवस्था गर्न सरकारसँग माग गर्दै सरकारमा बसेकाहरु ति निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएको आरोप लगाएका छन् ।
सामाजिक संजालमा सभापति देउवाले लेखेका छन् – ‘ काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नुहदा सयौं किलोमीटर पैदल हिंडेर घर गइरहेका छन् । सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनुपर्ने हो । तर सरकारमा बसेकाहरु ति निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएका छन । राजधानीबाट घर जाने ति जनताहरुलाई तत्काल गाँस बाँसको प्रवन्ध गरी सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन म सरकारसँग आग्रह गर्दछु ।’