धनगढिका एक युवकमा कोरोना संक्रमणको पुष्टि
नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक युवकमा कोरोनाको संक्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार ती युवकमा कोरोना संक्रमण देखिएको बताएका हुन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार नै गरिएको परीक्षणमा उनीमा कोभिड १९ पोजिटिभ भेटिएको देबकोटाले बताए ।
दुबईबाट आएका २४ वर्षीय ती युवकमा कोरोना संक्रमण देखिएको हो । देवकोटाले उपत्यका बाहिर पहिलो पटक कोरोनाको संक्रमण देखिएको र बिरामीको कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको बताए ।
उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।