भोलीदेखी विराटनगर अनिश्चितकालीन लकडाउन
कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै भोलि मंगलवारदेखि विराटनगर अनिश्चितकालीन लकडाउन हुने भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका पसलहरू बन्द गराइने जानकारी दिएका छन् ।
उनले लकडाउनका खुद्रा व्यवसायी, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार व्यवसायी संघलगायतका २ दर्जन सङ्घसंस्थासित बैठक गरेको जानकारी दिए । खाद्यान्न, औषधि, पानी, दूध, तरकारी र एम्बुलेन्स सेवा भने सुचारु राखिने उनले बताएका छन् ।
लकडाउनको अटेर गर्ने व्यवसायीलाई स्थानीय प्रशासनसितको सहकार्यमा कारबाही गरिने चेतावनी पनि प्रमुख पराजुलीले दिएका छन् ।
यसैबीच सङ्घीय सरकारले गरेको नाकाबन्दीका कारण विराटनगर नाका सुनसान छ । भारतबाट नेपाल आउनेहरू नाकामा रहेको हेल्थ डेस्कमा ज्वरो परीक्षणपछि आइरहेका छन् ।