नेपाल स्काउटद्वारा हेटौंडामा हेन्ड वास स्टेसन  सञ्चालन 

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार १७:५६
;

नेपाल स्काउट प्रधान कार्यालय काठमाडौको सहयोगमा हेटौंडा ओपन स्काउट  क्रियूको पहलमा हेटौंडामा  कोभिड १९ कोरोना भाइरसको  संक्रमण फैलन  नदिन  हेन्ड वास स्टेसन  सञ्चालन गरेको छ ।  

कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ । चीनको हुवानबाट सुरु भएको यो भाइरसबाट बच्न पछिल्लो समय  मुलुकमा उच्च शतर्कता अपनाइएको छ । कोरोना भाइरसका पहिलो बिरामी २०१९ को डिसेम्बर अन्त्यतिर वुहानमा भेटिएको थियो । कारोना भाईरस विश्वका विभिन्न मुलुकहरुमा फैलिदैँ गएको छ ।

नेपालमा पनि भाईरस  फैलन नदिन नेपाल सरकारले विभिन्त्र कार्यक्रम गरिरहेको समयमा  आज नेपाल स्काउटले  हेटौंडा बजारमा नि शुल्क माक्स  समेत वितरण  गरेको थियो ।  मकवानपुर जिल्लामा समुदायबाट संचालित हेटौंडा ओपन स्काउट क्रियूका रोभर लिडर दिपेन्द्र रोक्काले हात धुन सिकाएर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

मकवानपुर जिल्लामा विपद व्यवस्थापन, नेतृत्व विकाश, सीपमुलक तालिम , प्राथमिक उपचार ,  फ्रेण्डसीप क्याम्प तथा विभिन्न सेवामुलक शिविर संचालन गर्दे आएको क्रियूले यस  कार्यक्रमलाई आगामी एक साता सम्म नगरका पाच स्थान संचालन गर्ने क्यूका अध्यक्ष बुद्दिनाथ न्यौपानेले बताए । हेटौंडा बसपार्कमा गरेको कार्यक्रमले कोभिड १९ कोरोना भाइरसको  संक्रमण फैलन  नदिन  प्रभावकारी भएको  जाईएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*