भिमफेदीमा ५० वटा शैयाको क्यारेन्टाइन निर्माण गर्ने 

हेटौडा न्युज
८ चैत्र २०७६, शनिबार १९:३४
;

विश्वभर मौलाईरहेको कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै मकवानपुरको भीमफेदी गाउँपालिमा ५० वटा शैया क्यारेनटाइन निर्माण गरिने भएको छ । कोरोनाभाइरसलाई मध्येनजर गर्दै नेपाली सेनाको मध्यपृतना हेडक्वाटरले भीमफेदी गाउँपालिका–१ मा क्वारेन्टाइन निर्माण गर्ने भएको हो ।

त्यस्तै बागमती प्रदेश सरकारले हेटौंडाका चार स्थानमा ५ सय शैयाको क्वारेनटाइन निर्माण गर्न लागेको छ । प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिका–११ स्थित हेटौंडा एकेडेमीमा २ सय शैया, हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानमा १ सय शैया, गौरीटार संगशालामा १ सय शैया, र कर्रास्थित सशस्त्र प्रहरी क्याम्पमा १ सय शैया गरी ५ सय शैया क्वारेन्टाईन निर्माण गर्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*