पूर्वमन्त्री बाँस्कोटाको घरमा बम बिस्फोटमा संलग्न तीन जना पक्राउ
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गर्ने तीनजना पक्राउ परेका छन्। घटनामा संलग्न विप्लव नेतृत्वको नेकपाका ३ जना कार्यकर्तालाई पक्राउ गरिएको हो ।
प्रहरीले कैलाली भजनीका ३१ वर्षीय अमृत बहादुर कुमाल क्षेत्री, कैलाली टिकापुरका ३१ वर्षीय लक्ष्मण सेट्टी र कालिकोट सान्नी त्रिवेणीका २७ वर्षीय टेक वि.कलाई पक्राउ गरिएको हो । महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको पक्राउ गरिएको महानगरीय प्रहरी परिसर अपराध महाशाखाले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका क्षेत्री विप्वल समूहका मध्य कमाण्ड ब्यूरो सदस्य रहेको छन् । सेट्टी र विक साधारण कार्यकर्ता हुन्। घटनामा प्रयोग गरिएको प्रदेश ३।०२।००१ प २८३६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
गत फागुन २७ गते लोकन्थलीमा रहेको बाँस्कोटाको घरलाई लक्षित गरी बम बिस्फोट गराइएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा घुसका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए ।