महिला क्रिकेटरको तलब स्केल सार्वजनिक 

हेटौडा न्युज
५ चैत्र २०७६, बुधबार २२:१२
;

महिला क्रिकेटरको मासिक तलब स्केल सार्वजनिक गर्ने तयारी गरेको गरीएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले ए, बी र सी श्रेणीका महिला क्रिकेटरको मासिक तलब स्केल सार्वजनिक गरेको हो । तलब स्केल सार्वजनिक गरेसंगै अबको आउदो क्यानको बैठकले तलब बारे अन्तिम निर्णय गर्ने छ ।

क्यानको बैठक केही दिनमा बस्‍ने बताइएको छ । क्‍यानले तीनवटै श्रेणीमा ६–६ जना महिला खेलाडी राखेको छ । खेलाडीले २०२० को जनवरी १ देखिकै तलब पाउनेछन् ।

क्यानका एक उच्च पादधिकारीका अनुसार ए श्रेणीका क्रिकेटरको तलब मासिक १० हजारभन्दा बढी तोक्ने तयारी गरेको छ भने बी श्रेणीको सातदेखि नौ र सी श्रेणीका खेलाडीलाई मासिक पाँच हजारदेखि आठ हजारसम्म दिने निर्णय हुनेछ । यद्पि कुन श्रेणीमा को-को खेलाडी रहने भन्ने अन्तीम टुंगो भने लागिसकेको छैन् ।

क्यानका एक पदाधिकारीले बाह्खरीसँग भने,“कोरोना भाइरसको प्रभावका कारण बैठक बस्न सकेका छैनौं । केही दिनमै बैठक बोलाएर यसको छिनोफानो हुनेछ ।” क्यानको श्रोत बढ्दै गएमा खेलाडीको तलबमा वृद्धि हुँदै जाने उनले बताए । केही समयअघि मात्रै क्यान निलम्बनबाट फुकुवा भएको थियो ।

यसअघि क्यानले पुरुष क्रिकेट खेलाडीलाई तीन श्रेणीमा विभाजन गर्दै तलब तोकेको थियो । जसमा ए, बी र सी तीनै श्रेणीमा सातसात गरी २१ खेलाडी समावेश थिए । ए श्रेणीका खेलाडीले मासिक ३५ हजार पाइरहेका छन् भने बी श्रेणीका खेलाडीले मासिक २५ हजार सी श्रेणीका खेलाडीले मासिक १५ हजार पाइरहेका छन् ।

क्यानले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको वर्गीकरणका लागिसमेत एक समिति गठन गरेको छ । खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको लागि कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिले पुरुषतर्फ २४ खेलाडीलाई ए प्लस, ए, बी र सी श्रेणी र महिलातर्फ १८ खेलाडीलाई ए, बी र सी श्रेणी विभाजन गर्दै क्‍यानलाई पेश गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*