कोरोनाको त्रासः आईपिएल अप्रिल १५ सम्मको लागि सर्यो

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार २२:१५
;

कोरोना भाईरसका कारण इन्डियन प्रिमियर लिग (आईपीएल)को मिति सरेको  छ । १३ औं संस्करणको आईपीएल अप्रिल १५ सम्मका लागि सरेको हो ।

यसअघि मार्च २९ तारिखदेखि सुरु हुने तय भएतापनि कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० ले आईपीएल १८ दिनका लागि सारेको जनाएको छ ।

भारतीय सरकारले बिहीबार विभिन्न देशबाट आउने विदेशीलाई १५ अफ्रिलसम्मका लागि रोक लगाएको थियो । सोही कारण २९ तारिखदेखि सुरु हुने प्रतियोगितामा विदेशी खेलाडीले सहभागिता जनाउन नसक्ने अवस्था सिर्जना भएको थियो 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*