कोरोनाको त्रासः हात नमिलाउने बागमती प्रदेशको निर्णय
कोरोना भाईरस संक्रमण न्युनिकरणका लागि बागमती प्रदेश सरकारले हात नमिलाउने निर्णय गरेको छ ।
बिहिबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषदको बैठकले बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतनामुलक कार्यक्रमको निरन्तरता संगै हात नमिलाउने निर्णय गरेको हो ।
हातका कारण कोरोना बढि संक्रमण हुने चिकित्सकको भनाईलाई मध्यनजर गर्दै हात नमिलाउने तरीका अवलम्बन गर्न जनसमुदायमा आग्रह गरेको छ ।
केहि दिन अघि विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको बताए संगै प्रदेश सरकारले यसका लागि प्रदेश भित्रका सरकारी स्वामित्वका अस्पतालहरुमा छुट्टै उपचार कक्ष निर्माण गरिसकेको जनाएको छ ।