औषधी आपुर्तीमा भारतको कडाई, नेपालले औषधीका लागि सूची पेश गर्नुपर्ने

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार २०:५४
;

नेपाललाई आत्यावश्यक औषधीको सूची पेश गर्न भारतले आग्रह गरेको छ । भारतले औषधी तथा औषधीजन्य कच्चा पदार्थ निर्यातमा कडाई गरेसँगै नेपालसँग औषधीको सुची माग गरेको हो ।  

नेपालमै उत्पादन हुने औषधीका कच्चा पदार्थ पनि भारतबाट आयात गर्ने गरेको कारण भारतको यस्तो निर्णयले नेपालमा औषधीको अभाव हुनसक्ने अनुमान गरिएको छ ।

उपप्रधानमन्त्री एवं कोरोना रोकथामका लागि सरकारले बनाएको उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलका अनुसार नेपालले भारतलाई जरुरी औषधीबारे जानकारी गराए पछि भारतले आपूर्तिमा केही सहज बनाउन सक्ने जनाएको बताएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*