अर्थमन्त्री खतिवडाले दिए राजीनामा, पुनः नियुक्ति र सपथ भोलि

हेटौडा न्युज
२० फाल्गुन २०७६, मंगलवार २२:४१
;

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ । त्यसअघि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् ।

तर उनको पुनः नियुक्त हुनेछ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।

स्रोतका अनुसार उनको पुनः नियुक्ति र सपथ भोलिमात्र हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*