जागिरबाट निकालेको झोंकमा पूर्व सुरक्षाकर्मीले ३० जनालाई बन्धक बनाएपछि …….

हेटौडा न्युज
१९ फाल्गुन २०७६, सोमबार १९:२०
;

फिलिपिन्सको सान जुआउस्थित ग्रीनहिल सपिङ कम्प्लेक्सको भी मलका एक पूर्व सुरक्षाकर्मीले ३० जनालाई बन्दी बनाएका छन् । बन्दी बनाउने क्रममा एकजना घाइते भएका छन् ।

ग्रिनहिल सेन्टर म्यानेजमेन्टले सोमबार दिएको जानकारी अनुसार एक सुरक्षाकर्मी घाइते भएका छन् । उनलाई अस्पताल पुर्‍याइएको छ । उनको अवस्था स्थिर भएको सान जुआनका मेयर फ्रान्सिस जामोराले जानकारी दिए ।

सिएनएनले जामोरालाई उद्धृत गर्दै कामबाट निकालिएका कारण रिसाएका ती सुरक्षाकर्मीले बिहान करिब १० बजेतिर मलमा छिर्ने बित्तिकै गोली चलाएको जानकारी दिएको छ । ती सुरक्षाकर्मी कसैलाई खबरै नगरी बिदा बसेको पनि जामोराले जानकारी दिए ।

मलभित्र ३० जनालाई अझै पनि बन्धक बनाएर राखिएको जामोराले बताए ।

""

CNN Philippines@cnnphilippines

Replying to @cnnphilippines

Mall employees say the admin office where the hostage taking is happening is located on the second floor | @gergcahiles

Read more:

"Embedded

30

10:45 AM – Mar 2, 2020

Twitter Ads info and privacy

17 people are talking about this

जामोराका अनुसार बन्धक बनाउने व्यक्तिले आफूसँगै काम गरेका अन्य सुरक्षाकर्मीसँग कुरा गर्न माग गरिरहेका छन् भने उनले पत्रकारसँग पनि कुरा गर्न चाहेका छन् ।

उनका अनुसार ती पूर्व सुरक्षाकर्मीसँग पिस्तोल छ तर उनले आफूसँग ग्रेनेड भएको दाबी गरिरहेका छन् । मेयरले उनीसँग ग्रेनेड भए नभएको प्रमाणित गर्न नसकिरहेको जानकारी दिए ।

बन्धक बनाउने व्यक्ति र पुलिसबीच छलफल चलिरहेको छ ।

बन्धक बनाउने व्यक्तिले खाना र पानीको पनि माग गरिरहेको जामोराले बताए ।

‘हामी यो घटना सल्टाउन जति सक्दो मद्दत गर्छौं । कसैलाई सानोभन्दा सानो चोट नलागोस् भनेर ध्यान दिइरहेका छौं,’ उनले भने ।

उक्त मल अहिले लकडाउन गरिएको छ । ग्रिनहिल म्यानेजमेन्टले आफ्ना कर्मचारी र सर्वसाधारणको सुरक्षालाई उच्च ध्यानमा राखेको बताएका छन् । जामोराले सर्वसाधारणलाई उक्त सपिङ सेन्टरबाट टाढै बस्न आग्रह गरेका छन् । 
एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*