पेट्रोलमा कर लिने निर्णय प्रति विरोध, संसद अवरोध गर्ने चेतावनी

हेटौडा न्युज
१८ फाल्गुन २०७६, आईतवार २१:१८
;

पेट्रोल र डिजलमा पूर्वाधार विकास कर लिने सरकारको निर्णय प्रति समाजवादी पार्टीले विरोध जनाएको छ । सरकारले पेट्रोल र डिजलमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर लिने निर्णय स्वीकार्य नहुने भन्दै तत्काल फिर्ता लिन समेत माग गरेका छन् ।

आइतबार समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसदमा समय लिएर बोल्दै सरकारले संसदको अधिकार हनन गरेको समेत आरोप लगाएकी छिन् ।

सरकारले संसदको अधिकारमा समेत हस्तक्षेप गरी आफुखुशी कर थोपर्ने काम गरेको आरोप लगाएकी हुन् । 

उनले कर लिने निर्णय तत्काल फिर्ता नलिए यही विषयलाई लिएर संसद अवरोध गर्ने समेत चेतावनी दिएकी छिन् ।

सरकारको राजस्व संकलनको लक्ष्य पूरा गर्न संसद छलेर चोर बाटोबाट जनतालाई कर लगाइएको भन्दै जनतामाथि कर थोपर्न नपाइने बताएकी हुन् ।

फागुन १२ बसेको मन्त्रिपरिषद बैठकले पेट्रोल, डिजल र हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर लिने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*