ओली नेतृत्वको सरकारका २ मन्त्रालयमा मन्त्री पद रिक्त

हेटौडा न्युज
८ फाल्गुन २०७६, बिहीबार २३:४१
;

नेपाल सरकारका २ मन्त्रालय हाल मन्त्री बिहिन भएको छ । प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको सरकारका २ मन्त्रालयमा मन्त्री पद रिक्त रहेको छ । सरकारका सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालयमा म्न्त्री पद रिक्त रहेको हो ।

मन्त्री गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि दुई मन्त्रालय रिक्त भएका हुन् । बाँस्कोटालाई सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका सन्दर्भमा कमिशन रकमका बारेमा मन्त्री बाँस्कोटाले गरेको डिलुको अडियो रेकर्ड सार्वजनिक भएपछि उनी विवादमा आएका थिए ।

बाँस्कोटाले कमिशनको बार्गेनिङ्ग गरेको भिडियो बाहिरीए पछि बिहिबार राजीनामा दिएसंगै उनले सम्हाल्दै आएका सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय रिक्त भएका हुन् ।

तत्कालीन शहरी विकास मन्त्री मोहम्मद ईश्तियाख राईले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले उक्त मन्त्रालय सम्हाल्न बाँस्कोटालाई नै जिम्मेवारी दिएका थिए । सञ्चार मन्त्रालय भने उनले झण्डै २३ महिनादेखि सम्हाल्दै आएका थिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्टसँग ७० करोड कमिसनका लागि डील गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीवार दिउँसो मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उक्त अडियो गएराति सार्वजनिक भएको थियो ।  अडियो सार्वजनिक भएपछि राजीनामाका लागि बाँस्कोटामाथि चौतर्फी दबाब थियो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*