दोलखा भीमेश्वरलाई ‘पसिना’, पसिना पुछेको कपास र प्रसाद राष्ट्रपति कहाँ पुर्‍याइने

हेटौडा न्युज
८ फाल्गुन २०७६, बिहीबार २०:२२
;

 दोलखा बजारस्थित भीमेश्‍वरको शीलामा ‘पसिना’ आएको भन्दै मन्दिर परिसरमा दर्शनार्थीको भीड लागेको छ ।

बिहीबार बिहान साढे ६ बजेदेखि ‘पसिना’ देखिएको भन्दै भीमेश्‍वरको शीलालाई पूजारीले चम्मरले हम्कने, कपासले पसिना पुछ्‍न थालिएको मन्दिर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठले बताए ।

पसिना आउनेक्रम करिब ८ बजेर २० मिनेटसम्म रहेको उनले बताए। कालो शीलाको टुप्पामा पानीको थोपा देखिँदै बग्‍न थालेको अवस्थालाई ‘भीमेश्‍वलाई पसिना आएको’ भन्ने गरिन्छ।

भीमेश्‍वर नगरपालिका–२ स्थित दोलखा बजार क्षेत्रका वडाध्यक्ष विराज श्रेष्ठका अनुसार पसिना आउन थालेपछि मन्दिर परिसरका घन्टाहरु बजाउने चलनलाई निरन्तरता दिइएको छ।

पसिना पुछेको कपास र पछि क्षमापूजा गरिएको प्रसाद पहिले राष्ट्रप्रमुखका रुपमा राजा कहाँ पुर्‍याउने चलन थियो अहिले भने त्यो राष्ट्रपति कहाँ पुर्‍याइन्छ । वि.सं. १९९० पछिका दिनहरुमा भीमेश्‍वरमा पसिना आएपछि कपास र प्रसाद राजासमक्ष पुर्‍याउन थालिएको हो।

त्यो चलन कायमै रहेकाले अब पनि त्यसै गरिने वडाअध्यक्ष श्रेष्ठले बताए। पछिल्लोपटक २०७४ असोज २ गते पसिना आएको समाचारहरु छापिएका छन्।

१९९० सालपछि कम्तीमा १५ पटक पसिना आएको अभिलेख भीमेश्‍वर मन्दिर व्यवस्थापन समितिसँग छ। स्रोत : कान्तिपुरदैनिक 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*