साढे दुई किलो गाँजासहित दुईजना मकवानपुर प्रहरीको फन्दामा

हेटौडा न्युज
७ फाल्गुन २०७६, बुधबार २१:४३
;

साढे दुई किलो लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारतको बिहार जिल्ला पश्चिम चम्पारण, बेतिया कालाबाघ बस्ने १९ वर्षीय सर्तोज आलम र सोही ठाउँ बस्ने १९ वर्षीय समिर आलमलाई प्रहरीले पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ४६०४ नम्बरको यात्रुवाहक बसलाई हेटौंडा–५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा उक्त परिणामको  लागूऔषध गाँजा फेला परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*