प्रजातन्त्र दिवस राणा शासन अन्त्य भएको दिनको सम्झना होः मुख्यमन्त्री पौडेल
आज फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिन । ७ फागुन २००७ को सम्झनामा ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाउँदैछौं । १०४ वर्षे लामो जहानीयाँ राणा शासन अन्त्यको दिनको सम्झाना हो, आजको दिन ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले माघ १९९७ मा बलिदान दिएका थिए । प्रजा परिषद नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई मृत्युदण्ड दिइएको थियो ।
एक सय चार वर्षीय जहानियाँ राणा शासनको बिरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । २००० पछि स्थापना भएका नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।
बिभिन्न आन्दोलनमार्फत प्राप्त जनादेशअनुरूप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्ने अहिलेको आबश्यकता हो । प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा यस दिवसले दिने हामीले अपेक्षा गरेका छौ ।
प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने ती महान वीर वीराङ्गनालाई स्मरण जति गरेपनि कम हुन्छ ।
यसर्थ हामीले उनीहरुको योगदानको अबमूल्यन गरे इतिहासले हामीलाई कहिले पनि क्षमा गर्दैन । विभिन्न कालखण्डमा भएका आन्दोलनबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिहरू संस्थागत हुने क्रम तथा नयाँ संविधानको पूर्ण कार्यान्वयनमा हामी पुगेका छौं ।
प्रजातन्त्र ल्याउन शहीद भएका नेपाली आमाका सन्तानहरुका अधुरा सपना पूरा गर्न सरकार सदैब लागि परेको छ । यस सकारात्मक सोचका साथ अगाडि बढ्न सबैले आआफ्नो स्थानबाट भूमिका खेल्नुपर्दछ । देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने मात्र नभई उनीहरुको सम्मानमा सम्मानमा हाम्रो शिर सधैं झुक्ने गर्दछ ।
संविधान जारी भएसँगै निर्बाचन मार्फत संघीय, प्रदेश तथा स्थानीय तह गठन भइसकेका छन् । नयाँ ब्यबस्था, नयाँ अनुभबको प्रदेश सरकार गठन सबैका लागि नौलो छ । आर्थिक, सामाजिक रूपान्तरण सहित आम जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास दिलाउन चाहन्छु । आन्दोलनको परिणाम स्वरुप आएको संघीयता कार्यान्वयनको महत्वपूर्ण क्षणमा हामी छौं, सर्बसम्मतबाट प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ ।
सरकारले प्रदेशको गौरव एबम गेम चेन्जर योजना पोष्टबहादुर बोगटी भिमफेदी–कुलेखानी सुरुङ मार्ग, प्रदेश चक्रपथ निर्माण योजना, एकीकृत बस्ती विकास, आवश्यक ५० वटा कानुन निर्माण, १० जिल्लाका ४७ वटा प्रहरी इकाई भवनहरूको निर्माण, २ वटा प्रदेश स्तरीय औद्योगिक क्षेत्र र औद्योगिक करिडोर स्थापनाको तयारी, एक स्थानीय तह एक ग्राम उद्योग, ८ वडा हिलस्टेसन घोषणा, केन्द्रिय खेलकुद प्रतिष्ठान हेटौँडामा रंगशाला निर्माण, प्रदेशलाइ फलफुलमा आत्मनिर्भर बनाउने कार्यक्रम अभियान, दुई वर्षमा ५९ वटा जडीबुटी संकलन तथा भण्डारण केन्द्र स्थापना, बिद्युतिय बस संचालन, यायातात निगम स्थापना लगायतका योजनाहरुको काम भइरहेको छ ।
सडकमा मागेर या भनौं अपहेलनामा परेर बस्नु नपरोस् भनेर सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश बनाउने योजना अगाडि सारेका छौं । मानव सेवा आश्रम र स्थानीय तहसंग समन्वय गरेर हामीले मकवानपुर जिल्ला, भरतपुर महानगरपालिका सहयोगापेक्षि सडक मानबमुक्त घोषणा गरिसकेका छौं । चितवनसहित काठमाण्डौ महानगरलाई सयोगापेक्षी सडक मानव मुक्त बन्ने अबस्थामा पुर्याएका छौं ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम एवम् बिद्यालय एक नर्स कार्यक्रम, आगामी आर्थिक बर्षबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनादेखि अध्ययन अध्यापन कार्य सुरु गर्ने, शिक्षा क्षेत्रमा गुणस्तरीयता र निरन्तरताका लागि छोरी बुहारी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम, सामुदायिक विद्यालयहरुमा ई–लाइब्रेरी, युवा बैज्ञानिक प्रोत्साहन कोष, सामुहिक खेती, दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध कृषकहरुलाइ दूधमा प्रति लिटर १ रुपैया अनुदान, १० जिल्लाका १३ स्थानमा कोल्ड स्टोरेज निर्माण, लिफ्ट सिंचाई प्रणालीलाई अगाडि बढाइएको छ ।
राणा शासनको अन्त्यका लागि सुरु भएको आन्दोलनदेखि निरङकुश पञ्चायती ब्यवस्था विरोधी आन्दोलन, बहुदलीय प्रजातन्त्रको स्थापनादेखि आजसम्म भएका हरेक आन्दोलनको समष्टि रुप वर्तमान अबस्था हो ।
राणा शासनको अन्त्यदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सम्पुर्ण ज्ञान अज्ञात शहीदहरुप्रति नमन गर्न चाहन्छु ।
हामी सबैको तर्फबाट ती महान् शहीदहरुले देखाउनुभएको बाटोमा अविराम अविचलित रुपमा लाग्ने संकल्प समेत गर्दछु । प्रदेश सरकारसँग प्रचुर सम्भाबना, अवसर र चुनौतिहरु समेत छन् । लामो समयदेखि देशमा विद्यमान राजनीतिक अस्थिरताको अन्त्य हुनु हामी सबैको उपलब्धी हो ।
राष्ट्रिय अखण्डता, र्सार्वभौमिकता र राष्ट्रिय एकता सदृढ गर्न र आपसी विश्वास, सहमति र सहकार्यद्वारा लोकतान्त्रिक संविधान निर्माण गरी देशमा स्थायी शान्ति कायम राख्न हामी सफल समेत भएका छौं ।
सरकार गठनपश्चात् आर्थिक रुपान्तरणको सत्य छर्लङ्ग छ । परिवर्तनका सम्वाहकहरु तथ्याङ्कीय रुपमा परिबर्तन हुन थालेका छन् । मित्रराष्ट्र चिनसँग जोडिएको केरुङ नाका अब भौगोलिक जटिलताका कारणले रोकिने छैन । भर्खर मात्र सकिएको अध्ययनले मित्र राष्टङ चीनको सहयोगले दु्रत मार्ग र सुरुङ मार्गले सहजता हुन्छ भन्ने देखाउने छ ।
सरकारले काम गरेन भनेर आलोचना मात्र गर्नेहरुको लागि सरकारको कामको परिणामले जवाफ दिन थालिसकेको छ । हामीले कल्पना मात्र गर्ने पानीजहाज र सुरुङ मार्गको कुरा अब परिणाममा आउने छ । २ बर्षमा यी कुराहरु सम्भब हुनेछन्, मुलुक नयाँ दिशामा अगाडि बढेको प्रत्यक्ष महसुुुस हुनेछ । कामका परिणामहरु खोज्न टाढा जानु पर्दैन, आँगन आँगनमा यसको परिणामहरु देखिन र सुनीन थालेको छ । हामीसंग सिमित स्रात र साधनको अधिकतम उपयोग गरी आर्थिक बृद्धिदर बढाउनु पर्नेछ ।
यो स्रोत साधनले मात्र नपुग्ने भएकोले देश र बिदेश तथा नीजि क्षेत्रको सहयोगमा यसको उपयोग गरेर मात्र लक्षित स्थानमा पुग्न सकिने छ । सम्पूर्ण नेपालीहरुको चाहना सम्बृद्ध नेपाल सुखी नेपाली अभियानलाई पुरा गर्न यो कम्युनिष्ट सरकार लागिरहेको यहाँहरुलाई अवगत नै छ ।
जहानीय शासनको अन्त्यसँगै प्रजातन्त्र स्थापनापछि मुलुकको शिक्षा, स्वास्थ्य, सञ्चारलगायत भौतिक र्पूवाधारको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको यो गौरबमय क्षणमा पुनः सबैमा शुभकामना ब्यक्त गर्दछु ।
अन्त्यमा, देशको हरेक परिवर्तनका लागि आफ्नो जीवनको आहुति दिने सम्पुर्ण शहिदहरुप्रति हार्दिक श्रदाञ्जली एवम् सम्मान ब्यक्त गर्दछु ।
धन्यवाद !
(बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रजातन्त्र दिवसको अवसरमा जारी बक्तब्य)
स्रोतः हिमालखबर