पूर्वसांसद ज्ञवालीको निधन प्रति शोक प्रस्ताव पारित

हेटौडा न्युज
६ फाल्गुन २०७६, मंगलवार २०:४८
;

राष्ट्रिय सभाले पूर्वसांसद भागवत ज्ञवालीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

मंगलबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित एक मिनेट मौनधारणसमेत गरिएको छ ।

पूर्वसांसद ज्ञवाली वि।सं। २०४८ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए ।

नेपाली कांग्रेस गुल्मीका प्रथम जिल्ला सभापति ज्ञवालीको ७५ वर्षको उमेरमा मंगलबार बिहान ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा अल्सर रोगबाट निधन भएको थियो ।

रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*