बलात्कारको मुद्दामा महराले पायोे सफाइ
हेटौडा न्युज
५ फाल्गुन २०७६, सोमबार २०:३५
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।