पूर्वउपसभामुख तुम्वाहाङ्फे कानुनमन्त्री बन्दै, आजै शपथ लिने

हेटौडा न्युज
५ फाल्गुन २०७६, सोमबार १७:२१
;

उपसभामुखबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन् । यसअघि उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिएको थियो ।

उपसभामुख पदबाट राजीनामा दिएर अग्नी प्रसाद सापकोटालाई सभामुख हुने बाटो खोलिदिएकी शिवमाया तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीको सपथ ग्रहण गराउने भएका छन्।

शिवमायाको साढे ३ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रधानमन्त्री केपी शर्मा ओलीकाका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*