फापरबारीमा इलाका प्रशासन कार्यालय स्थापनाको पहल गर्छुः गृहमन्त्री थापा
गृहमन्त्री राम बहादुर थापा बादलले सरकारले खेल क्षेत्रका लागि आवश्यक योजना ल्याईरहेको बताएका छन् । खेल क्षेत्रको समृद्धिले आर्थिक समृद्धिमा टेवा पुग्ने बताएका छन् ।
तेस्रो बागमती गोल्ड कपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बागमती गाउँपालिकामा जनताको प्रत्यक्ष सरोकार रहेका इलाका स्तरीय सरकारी निकाय स्थापनाको प्रतिबद्धता व्यक्त गरेका छन् ।
गृहमन्त्री थापाले मदन भण्डारी लोकमार्गमा रहेको बागमती पुलको लागि अन्तिम पटक केही समय सम्बन्धित ठेकेदार कम्पनीलाई दिईने, सो समयमा पनि निर्माण गर्न नसकेमा कार्वाही प्रकृया अघि बढाउने बताएका छन् । सो पुलको विषयमा विभिन्न संचार माध्यमले रिपोर्ट तथा समाचारहरु प्रसारण गरीरहेका छन् ।