प्रधानमन्त्री ओलीले संसदलाई आज सम्बोधन गर्ने 

हेटौडा न्युज
३ फाल्गुन २०७६, शनिबार १४:४२
;

(आज) शनिबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले हिजो सम्बोधन गर्ने भनिए पनि राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण सम्बोधन आजका लागि सारिएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले बिहान ११ बजे संसदमा सम्बोधन गर्ने तय भएको छ । 

प्रधानमन्त्री ओलीले सम्बोधनमा दुई वर्षको अवधिमा सरकारले गरेका कामको बारेमा जानकारी गराउने छन्। ओलीको नेतृत्वमा सरकार गठन भएको आज दुई वर्ष पुगेको छ।

उपाध्यायको शुक्रबार बिहान रुपन्देहीमा निधन भएको थियो। शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने भएपछि प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यतालिका शनिबारका लागि सारिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*