निर्भया काण्डः दोषीलाई छुट्टा छुट्टै फाँसीको सुनुवाईका बेला न्यायाधीस नै बेहोस भएपछि…

हेटौडा न्युज
३ फाल्गुन २०७६, शनिबार १४:०९
;

भारतीय सर्वोच्च अदालतले दया याचिकामाथि राष्ट्रपतिको निर्णयलाई चुनौती दिने दोषी विनय शर्माको पिटिशन खारेज गरेको छ । त्यसपछि निर्भयाका दोषीलाई छुट्टा छुट्टै फाँसी दिने केन्द्रको याचिकामाथि सुनुवाईको क्रममा न्यायाधीस आर भानुमति बेहोस भए । डायसमा बसेका अन्य न्यायाधीस र कर्मचारीको मद्दतले उनलाई तत्काल उनको चेम्बरमा पुर्‍याइएको भारतीय संचार माध्यमले बताएका छन् । त्यसपछि सुनुवाई स्थगित गर्दै बेन्चले यसको आदेश पछि दिइने जानकारी दिएको छ ।

सोलिसिटर जनरल तुषार मेहताले भने, ‘जस्टिस आर. भानुमतिलाई असाध्यै ज्वरो आएको थियो । उनको ज्वरो अहिले पनि घटेको छैन । चेम्बरमा डाक्टरले उनको परीक्षण गरेका छन् । तर्कहरु सुन्ने बेला पनि उनको स्वास्थ्य खराब थियो र उनी औषधी सेवन गरिरहेका थिए ।’उपचारपछि भानुमतिको होश खुलेको स्रोतले बताएको छ ।

राष्ट्रपतिको निर्णयविरुद्ध दोषी विनयको याचिका खारेजः

यसअघि दोषी विनय शर्माको याचिकामाथि सुनुवाई गर्दै न्यायधीस आर भानुमति, न्यायाधीस अशोक भूषण र न्यायाधीस एएस बोपन्नाको बेन्चले भन्यो, ‘राष्ट्रपतिले विनयको याचिका खारेज गर्नु अघि उनको मेडिकल रिपोर्टसमेत सबै पक्ष र दस्तावेजको अध्ययन गरेका थिए ।’

सर्वोच्च अदालतले विनय मनोरोगी भएको दाबी पनि खारेज गरेको छ । अदालतले भन्यो, ‘दोषीको सामान्य स्वास्थ्य अवस्थाले नै उनी मानसिक रुपमा सामान्य भएको देखाउँछ ।’

निर्भयाकी आमाले भनिन्, ‘हामी आशा गुमाइरहेका छौं’

निर्भयाका दोषीलाई छुट्टा छुट्टै फाँसी दिने मागको विषयमा केन्द्र र दिल्ली सरकारको याचिकामा सर्वोच्च अदालतले चारै दोषीलाई नोटिस जारी गरेर शुक्रबारसम्म जवाफ मागेका थिए । बिहिबार डेथ वारेन्टमा ढिलाइ भएपछि निर्भयाका आमा–बुवाले भनेका थिए, ‘ट्रायल कोर्ट डेथ वारेन्ट जारी गर्ने मुडमा छैन । हामी आफ्नो आशा गुमाइरहेका छौं ।’ एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*