पुस्तकमा कर लगाउने सरकारको निर्णय विरुद्ध विद्यार्थीको आन्दोलन
सरकारको पुस्तकमा कर लगाउने निर्णय गरेसंगै विरुद्ध विद्यार्थीहरु आन्दोलित भएका छन् । सरकारले पुस्तक आयातमा १० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेपछि विद्यार्थीहरु आनदोलीत भएका हुन् ।
बुधबार त्रिचन्द्र कलेजका विद्यार्थीहरुले सडकमै सरकार विरुद्ध प्रदर्शन गरेका छन् । विद्यार्थीले कर लगाउन नहुने भन्दै हस्ताक्षर समेत संकलन गरेका छन् ।
विद्यार्थीको प्रदर्शनमा नेपाल विद्यार्थी संघले एक्यवद्धता जनाएको छ । शैक्षिक शुल्क नै विद्यार्थीहरुलाई महँगो भइरहेका बेला किताबमा समेत कर लगाएर विद्यार्थीलाई मारमा पार्न खोजिएकोले आन्दोलनलाई समर्थन गरेको नेपाल विद्यार्थी संघले जनाएको छ ।
यसअघि पुस्तक प्रेमीहरुले माइतीघर मण्डलामा किताब पढेर विदेशबाट आयात हुने पुस्तकमा कर लगाउने निर्णयको विरोध गरेका थिए ।