राजीनामा माग्दै चर्को नाराबाजीमा उत्रिए जनकपुरका युवा
जनकपुरधाम उप-महागरपालिकाका मेयरको राजीनामा माग्दै जनकपुरका युवा सडकमा उत्रिएका छन् ।
जनकपुर ८ स्थित रामानन्द चौकमा युवाहरुले बाटो अवरुद्ध गर्दै मेयर लालकिशोर साह र उपमेयर रीता मिश्रसहित नगरपालिका कर्मचारी यूनियनका अध्यक्ष कृष्ण कुमार झाको राजीनामा माग गरेका हुन् ।
मेयर लालकिशोर साहको कार्यकक्षमा गत पुस २२ गते पत्रकारमाथि भएको दुर्व्यवहारको विरोध र नगरपालिकाका कर्मचारीले अवरूद्ध काम तत्काल सुचारू गरेर सेवाग्रहीलाई सेवा दिनुपर्ने माग गर्दै विरुद्ध चर्को नाराबाजीमा उत्रिएका छन् ।
मेयर लालकिशोर साहलाई भ्रष्टाचारीको संज्ञा दिँदै आज दर्जनौँ स्थानीय युवा अगुवाहरु मेयर साहको राजिनामा मागसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरू मेयर–उपमेयरविरूद्ध चर्को नाराबाजी गरिरहेका छन्
झन्डै ४० मिनेट सडक अवरुद्ध भएपछि जनकपुरदेखि लामो तथा छोटो दूरीका सवारी साधन आवतजवातमा समस्या उत्पन्न भएको थियो ।
स्थानीय प्रहरीले ठुला र साना सवारीलाई वैकल्पिक रोड प्रयोग गरेर सड़क आवागमन सहज बनाएको थियो । प्रदर्शनकारीहरूले सड़कमै कोणसभा समेत गरेका थिए ।