पत्रकार बन्न लाइसेन्स लिनुपर्ने विधेयकको प्रावधान हट्यो 

हेटौडा न्युज
२३ माघ २०७६, बिहीबार २२:०६
;

परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर राष्ट्रिय सभाले मिडिया काउन्सिल विधेयक सर्वसम्मतले पारित गरेको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको थियो । तर समितिको सहमति उल्ट्याएर सभाले विधेयक पास गरेको हो।

लाइसेन्सको प्रावधान हटाउन सर्वसम्मतले सहमति जनाएपछि सभाले सर्वसम्मतिले काउन्सिल विधेयक पास गरेको हो।

अब विधेयक प्रतिनिधि सभामा पुग्नेछ। प्रतिनिधि सभाबाट पनि पारित भएपछि त्यसले कानूनी हैसियत प्राप्त गर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*