कोरोना भाईरसले नेपाल भ्रमण वर्षलाई थोरै असर पुर्याएको प्रचण्डको भनाई
चीनबाट फैलिएको कोरोनाभाइरसले नेपाल भ्रमण वर्ष २०२० लाई थोरै असर पुर्याएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
पोखरामा विश्व शान्ति समारोह उद्घाटन गर्दै प्रचण्डले भने,‘हामी नेपाल भ्रमण वर्षमा छौं । चीनमा देखिएको कोरोनाभाइरसले थोरै ठेस लागेको छ । तर यो छिट्टै नियन्त्रण हुन्छ ।’
प्रचण्डले भने ‘नेपालमा प्रमाणित रूपमा कोही पनि कोरोनाभाइरस संक्रमित छैनन्, त्रसित हुनुपर्ने स्थिति छैन । चीनमा पनि छिट्टै नियन्त्रणमा आउँछ र वातावरण सहज हुन्छ,’ । कोरोनाभाइरस संक्रमण फैलिएपछि चिनियाँ पर्यटक नेपाल आएका छैनन् ।
पोखरालगायत नेपालका पर्यटकीय ठाउँमा पर्यटक आवागमन घटेका विवरण आइरहेका छन् ।