सरकारले जारी गर्‍यो एमसीसी परियोजनाका लागि जग्गा अधिग्रहणको सूचना

हेटौडा न्युज
२२ माघ २०७६, बुधबार १८:२८
;

नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना निर्माणका लागि जग्गा अधिग्रहणको सूचना प्रकाशन गरेको छ ।

साविकको रातमाटे गाविस वडा नम्बर ६ र ९ तथा हालको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा रहेको करिब ३ सय ८५ रोपनी जग्गा अधिग्रहणका लागि  बुधबार जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना प्रकाशन गरेको हो ।

""

एमसीसीसँगको सम्झौता अनुसार सरकारले पूरा गर्नुपर्ने पूर्व शर्त अनुरुप जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन भएको हो ।

एमसीसीको सम्बन्धमा विवाद चलिरहँदा र संसदबाट पास हुनुपर्ने यो परियोजनाको सम्बन्धमा छलफल चलिरहेको भएपनि सरकारले भने जग्गा अधिग्रहणको सूचना प्रकाशन गरेको हो ।

एमसीसीसँग भएको सम्झौता अनुसार परियोजना सुरु हुनु अगावै सरकारले जग्गा अधिग्रहणको काम पूरा गरिसक्नुपर्ने उल्लेख छ । जग्गा अधिग्रहण गरी त्यसको मुआब्जा पनि नेपाल सरकारले नै तिर्नुपर्ने पूर्वशर्त अनुसार सरकारले जग्गा अधिग्रहणको सूचना प्रकाशन गरेको हो ।

४ सय केभी क्षमताको प्रसारणलाइन निर्माणका लागि नुवाकोटको रातमाटेमा एमसीसीले ३ वटा सब स्टेशन तयार गर्दैछ । आगामी असार १६ गतेदेखि सुरु गर्नैपर्ने परियोजनाका लागि अहिले जग्गा अधिग्रहणको काम सूचना जारी भएको हो ।

गृह मन्त्रालय श्रोतका अनुसार रातमाटेको जग्गा ३ तहमा वर्गिकरण गरिएको छ । वर्गीकरणमा परेका जग्गाहरुको प्रतिआना सरदर १ लाख ७६ हजारका दरले मुआब्जा वितरण गरिने छ । मुआब्जा वितरणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा निर्धारण समिति गठन गरिएको हुन्छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*