सभामुख सापकोटा विरुद्ध दायर गरेको रिट न्यायाधीश प्रधान मल्लको एकल इजलासमा

सभामुखमा चयन नगर्न माग गर्दै नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत शुक्रबार दायर गरेको रिट न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको हो ।
आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि आजका लागि सरेको हो ।
प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित सापकोटाले केहीबेरमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भएको छ ।