५२ क्यूफिट काठ सहित दुई जना पक्राउ
मकवानपुर प्रहरीले शुक्रबार राति हेटौंडाको हटियाबाट ५२ क्यूफिट काठ सहित दुईजनालाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं. १६ हटियाको शिवम सिमेन्ट उद्योग नजिकै सुकौराबाट हेटौंडातर्फ ल्याउँदै गरेको ना ५ च २८९५ नम्बरको डिआई गाडि सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गाडिबाट प्रहरीले ५२ क्यूफिट काठ बरामद भएको छ । पक्राउ पर्नेमा हेटौंडा–१८ का २४ बर्षीय युवराज साह र ३१ बर्षीय बलराम पण्डित रहेका छन् ।
उनीहरुलाई आवश्यक कारबाहीको अघि बढाईको प्रहरीले बताएको छ । उनीहरु उपर बन ऐन २०७६ अनुसार १ बर्ष सम्म कैद र बिगो बमोजिम जरीवाना हुने कानुनी प्रावधान रहेको छ ।