१० वर्षीया बहिनीको हत्याको आरोपित दाजु १२ वर्षपछि पक्राउ, बाबुको ३ वर्षअघि भारतमै मृत्यु
१० वर्षीया बहिनीको हत्या गरेको आरोपमा १२ वर्षपछि दाजुलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा बालिकाको बुबा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।
आफ्नै बहिनीको हत्या गरेको आरोपमा रुपन्दैहीको बगौली गाविस–१ घर भएका ९साविकको० रामपन बेल्दारको ३७ वर्षीय छोरा रामभवन वेल्दारलाई पक्राउ गरेको हो ।
छोरी लाटी भएको भन्दै बाबुछोरा मिलेर २०६४ माघ ८ गते बालिकाको टाउकोमा कोदालो प्रहार गरेर निर्मम तरिकाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बालिकाको हत्यालगत्तै उनीहरुले नेपाल–भारत सीमाना नजिकै रहेको डण्डा नदीको किनारामा शव गाडेका थिए । बालिकाको हत्या भएको खबर प्रहरीले थाहा पाएलगत्तै माघ १३ गते गाडेको अवस्थामा प्रहरीले शव बरमद गरेको थियो ।
बालिकाको हत्या गरेपछि बाबुछोरा नै फरार थिए । उनीहरुले नै बालिकाको हत्या गरेको हुनसक्ने भन्दै प्रहरीले खोजी गरिरहेको थियो ।
भारतमा लुकीछिपी बस्दै आएका रामभवनलाई अन्ततः विशेष सुराकीको आधारमा प्रहरीले नेपाल–भारत सीमाबाट माघ २ गते बालिकाकी दाजुलाई पक्राउ गरेको हो ।
त्यस्तै भारतमै लुकेर बस्दै आएका बालकिाको बाबु रामपनको भने ३ वर्षअघि भारतमै मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुल्न जनाईएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।