होटल सुर्यान्सको सुर्यान्स गजल साँझ आज
हेटौंडाको होटल सुर्यान्सले माघे संक्रान्तिको अवसर आज सुर्यान्स गजल साँझ गर्ने भएको छ । पर्यटन बर्ष २०२० लाइ लक्षित गर्दै सुर्यान्स गजल साँझ आयोजना गरीएको हो ।
आन्तरीक तथा बाहिरबाट आएका पर्यटकलाई लक्षित गरी माघी पर्वको रौनकताका भर्नका लागि होटलले गजलसाँझ आयोजना गरीएको बताइएको छ ।
हेटौंडेली गजलकार हिरा क्षेत्री र बाबु क्षेत्रीले सुर्यान्स गजल साँझमा गजल गाउने छन् । होटलका संचालक निप्पु सर्राफका अनुसार गजलकार द्वय क्षेत्रीले गजल गाएर साँझलाई रोमान्चकता बनाउने जानकारी दिएका छन् ।
होटलको रुफटपमा रहेको सुर्यान्स रेष्टुरेन्टमा कार्यक्रम हुने बताइएको छ । हेटौंडामा पहिलो पटक नयाँ शैलिबाट निर्माण गरिएको रेष्टुरेन्टमा ५५ जना सम्म बस्न सकिने र साँझमा आउँने ग्राहकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएकोसर्राफले बताएका छन् ।