नेपालकै पहिलो संसद भवन भत्काउन निर्देशन

हेटौडा न्युज
२९ पुष २०७६, मंगलवार १९:२६
;

संसदीय समितिले भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काउन निर्देशन दिएको छ ।  
मंगलबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकले भवन भत्काएर स्टेट हाउस बनाउन निर्देशन दिएको हो ।  बैठकले राणाकालीन भवन रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउन सक्ने अवस्था नरहेको भन्दै भत्काएर स्टेट हाउस (विदेशी पाहुना गृह) बनाउन निर्देशन दिएको हो । 

भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ ।

समिति सभापति कल्याणी खड्काले यो भवन यत्तिकै बचाएर उपयोग गर्ने सम्भावना कमभएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको बताइन् ।

सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावअनुसार समितिले सो निर्देशन दिएको हो । समितिको निर्देशनसँगै ४ वर्षदेखि रेट्रोफिटिङ गर्ने कि भत्काएर नयाँ बनाउने भन्नेमा देखिएको अन्योल हटेको छ ।

बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले भवन माटो र इट्टाले बनेकाले रेट्रोफिटिङ गर्नु  ठीक नहुने रिपोर्ट प्राविधिकहरुले दिएको समितिमा खुलाएका थिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*