विप्लव नेतृत्वको नेकपाका व्यूरो सदस्य परियारले गरे पार्टी परित्याग

हेटौडा न्युज
२४ पुष २०७६, बिहीबार २२:२५
;

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका व्यूरो सदस्य संघर्ष भनिने अमर परियारले पार्टी परित्याग गरेका छन् । परियारले बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

विज्ञप्तीमा लखिएको छ:- २०७५ पौष महिनादेखिनै पार्टीको गतिबिधि र पार्टीको सम्पर्कमा नभएतापनि आजको मितिदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्दछु ।’ 

धनकुटाको पाख्रीवास नगरपालिका–१ सान्ने घर भएका परियार २०६१ सालदेखि राजनीतिमा सक्रिय उनी नेकपा माओवादी केन्द्र, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी हुँदै बिप्लव नेतृत्वको नेकपामा पुगेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*