प्रदेश सभामा सांसदहरुले धारणा राख्दै, वैकल्पिक बाटोका रुपमा काभ्रे र हेटौंडालाई नैे राजधानी बनाउ : संसद पाण्डे

प्रदेश नं. ३ को प्रदेश सभामा सांसदहरुले राजधानी र नामाकरणका विषयमा आफ्नो धारणा राखीरहेका छन् । आज बिहिबार ३ बजे देखी प्रदेश सभा बैठक चलीरहेको छ ।
सभामा धारणा राख्दै प्रदेशसभा सदस्य जीवन डंगोलले हेटौंडा प्रदेशको राजधानी कुनै पनि हिसाबले उपयुक्त नहुने बताएकी छिन् ।
सत्तारुढ दल नेकपाले दुइ तिहाइको दम्भ देखाएर संविधानको सार्भभौम अधिकारमाथि अधिनायकवाद लाद्न खोजेको डंगोलले बताएकी हुन् ।
त्यस्तै पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले आफू हेटौंडाको विरोधी नभएको तर १० जिल्लाकै लागि काभ्रे प्रदेशको राजधानी उपयुक्त हुने बताएका छन् । प्रदेश ३ को राजधानीका लागी हेटौंडा उपयुक्त छैन् तर म हेटौंडाको विरोधि पनि हैन पाण्डेले भने ।
पाण्डेका अनुसार हेटौंडा राजधानी राख्दा १३ लाख जनसंख्या भएको समुदायलाई मात्र पायक पर्छ र काभ्रेलाई राजधानी बनाउने हो भने ३२ लाख जनसंख्या भएको समुदायलाई उचित भएकोहुने बताएका हुन ।
उनले प्रदेश सभामा बोल्दै भने सांसदहरु स्वतन्त्र छन् प्रदेशसभाको अधिकारमा माथि केन्द्रले हस्तक्षेप गर्न नपाउने बताएका छन् ।
उनले राजधानीका लागि वैकल्पिक बाटोका रुपमा काभ्रे र हेटौंडालाई नै प्रदेशको राजधानी बनाएर हिउँदे अधिवेश हेटौंडामा र बर्खे अधिवेशन काभ्रेमा गर्न सकिने प्रस्ताव समेत गरे ।