मुख्यमन्त्री पौडेलले ढिला गर्नुभयो, राजधानी काभ्रे नै उपयुक्त हुन्छ : काँग्रेस सांसद

हेटौडा न्युज
२३ पुष २०७६, बुधबार २२:१८
;

प्रदेश ३ को राजधानी काभ्रे जिल्ला उपयुक्त रहेको काँग्रेस सांसद नरोत्तम वैद्यले बताएका छन् । प्रदेश ३ को स्थायी राजधानीबारे प्रदेश सभामा सुरु भएको प्रस्ताव माथिको छलफलमा उनले हरेक हिसावले प्रदेश ३ को राजधानी काभ्रे नै उपयुक्त हुने बताएका छन् । 

प्रतिवेदन नै गोलमटोल रहेको बताउँदै उनले काभ्रे भक्तपुर, नुवाकोट जहाँ राखेपनि हुन्छ भनेर प्रतिवेदनले अन्यौल थपेको बताउँदै यसको आधारमा निर्णय हुननसक्ने बताए् ।

मकवानपुर अन्तिम विकल्प रहेको बताउदै स्थायी राजधानी तोक्न ढिला गर्नुमा मुख्यमन्त्रीको असफलता भएको भन्दै वैद्यले टिप्पणी गरेका छन् । सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दीपक निरौलाले राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*