सडक संजालका हिसाबले राजधानीका लागि हेटौंडा सबैभन्दा उपयुक्त छ : अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रदेश ३ को राजधानीका लागि हेटौंँडा सबैभन्दा उपयुक्त ठाउँ भएको बताएका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले प्रदेशको राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिएको थियो । तर सचिवालयको निर्देशनलाई नेकपाकै कतिपय सांसद भने पार्टीले प्रदेशसभाको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको भन्दै त्यसको विपक्षमा उभिएका छन्।
अध्यक्ष थापाले सडक सञ्जालका हिसाबले राजधानीका लागि हेटौँडा उपयुक्त रहेको र अन्य पूर्वाधार समेत रहेको दाबी गरेका छन्।
‘प्रदेश ३ का सबै सहरहरुको तुलनामा सडक सञ्जालका हिसाबले राजधानीका लागि हेटौँडा सबैभन्दा उपयुक्त छ’, सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले लेखेका छन्’, ‘चतरा–हेटौँडा राजमार्ग निर्माण सम्पन्न हुन लाग्यो। काठमाडौँ, निजगढ द्रूतमार्ग बन्दैछ । कान्तिराजपथ पनि लगभग बनिसक्यो।त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग छँदैछ। राजधानीको अन्य सबै पुर्वाधार छ।’
प्रदेश नं ३ का सबै शहरहरुको तुलनामा सडक संजालका हिसाबले राजधानीकालागि हेटौडा सबैभन्दा उपयुक्त छ।चतरा-हेटौडा राजमार्ग निर्माण सम्पन्न हुनलाग्यो।काठमाण्डौ-निजगढ द्रुतमार्ग बन्दैछ।कान्तिराजपथ पनि लगभग बनिसक्यो।त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग छंदैछ।राजधानीको अन्य सबै पुर्वाधार छ