स्काभेटरमा आगजनी गरेको आरोपमा विप्लव समूहका सेक्रेटरी पक्राउ

हेटौडा न्युज
२२ पुष २०७६, मंगलवार १९:५८
;

प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहका नुवाकोट जिल्ला सेक्रेटरी पक्राउ परेको छ । 
२०७५ साउन ८ गते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा रोकिराखेको स्काभेटरहरुमा आगजनि गरी क्षति पुर्याएको आरोपमा अशोक भन्ने विन्तोष सिलवाल सोमबार तार्केश्वरको पैयुटारबाट पक्राउ गरेको हो  ।

सिलवाललगायत अन्य व्यक्तिहरुले कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी गरेर फरार भएका थिए ।  सिलवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*