राजधानीका लागि हेटौंडा नै उपयुक्त, हेटौंडाको विकल्प छैनः नेता बानियाँ

हेटौडा न्युज
२१ पुष २०७६, सोमबार २२:०६
;

प्रदेश ३ को राजधानी हेटौंडा हुनु पर्ने प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले  बताएका छन् ।

प्रदेश सभामा बोल्दै नेता बानियाँले प्रदेश ३ को राजधानीका लागि हेटौंडानै उपयुक्त रहेको र राजधानीका लागि हेटौंडा भन्दा अर्को विकल्प नरहेको बताएका हुन् । राजधानी हेटौंडाका सीमित जनताको लागि नभई देशकै लागि आवश्यक रहेको बताएका हुन् । 

हरेक तवरले हेटौंडा प्रदेश राजधानीका लागि उचित रहेको तथा यस अघि हेटौंडा १९ वटा जिल्लाको सदरमुकाम रहेकोले कुनै पनि तत्वले हेटौंडालाई प्रदेशको राजधानी हुनबाट रोक्न नसक्ने बताएका हुन् ।

उनले सम्पुर्णमा अवगत गराउदै भने हेटौंडा मध्यमाञ्चल बिकास क्षेत्रको सदरमुकाम हो र यहाँ भौतिक संरचनादेखि हरेक दृष्टिकोणले राजधानीको लागि उपयुक्त रहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*