नेकपाको केन्द्रीय कमिटी बैठक माघ १५ मा बस्ने सचिवालयको निर्णय
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सरेको छ । नेकपो सचिवालयको आज आइतबार बसेको बैठकले राष्ट्रियसभाको निर्वाचनको तयारीलाई कारण देखाउदै केन्द्रिय कमिटीको बैठक तिन साता पर सार्ने निर्णय गरेको हो ।
सचिवालय बैठकले पुस २३ का लागि तय भएको केन्द्रीय समितिको बैठक माघ १५ देखि बस्ने गरी निर्णय गरेको हो । राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय समितिको बैठक केही दिन पछि सारिएको नेकपा केन्द्रीय प्रचार विभागले जानएको छ ।
यसबीचमा प्रतिनिधिसभाको सभामुख निर्वाचन समेत हुँदैछ ।
नेकपाको स्थायी कमिटी बैठकले पुस २३ मा केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको थियो । पार्टी एकतापछि नेकपा केन्द्रीय कमिटीको औपचारिक बैठक बसेको छैन ।