सर्त र सम्झौतामा विदेशी सहयोग स्वीकार नगर्नेः नेता नेपाल

अनावश्यक सर्त र सम्झौतामा बाँधिएर कुनै पनि विदेशी सहयोग स्वीकार नगर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा एक पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमसीसी आर्थिक विकाससँग मात्रै जोडिएको भए त्यसलाई स्वीकार्ने बताउँदै सहयोगका नाममा अनावश्यक सर्त र सम्झौतामा नबाधिने बताएका हुन् ।
नेपालका अनुसार एमसीसीको उद्देश्य स्पष्ट नभएकाले आफूहरुले स्थायी समितिको बैठकमा त्यसबारे थप छलफल गर्न आग्रह गरेको बताएका छन् । दाताले गठबन्धन अनुचित काममा सहभागी नगराउने गरी सहयोग गरे आफूहरुले ग्रहण गर्ने उनले बताएका छन् ।
उनले कालापानी र लिपेुलेकलाई भारतले आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको कुरा स्वीकार्य नहुने भन्दै यस विषयमा सरकारले चाँडै टुङो लगाउनुपर्ने बताएका छन् ।