राष्ट्रिय सभा निर्वाचनमा काँग्रेस र समाजवादी पार्टीको तालमेलको फालाइनल आज

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन निर्माणका लागि नेपाली काँग्रेस र समाजवादी पार्टीबीच छलफल हुने भएको छ ।
प्रदेश २ मा हुने चारवटा सीटका लागि काँग्रेस र समाजवादी पार्टीले मिलेर उम्मेदवारी दिने यसअघि नै सहमतिलाई अन्तिम रुपमा दिनका लागि काँग्रेस र समाजवादी पार्टीबीच आज साँझ छलफल हुने लागेको बताइएको छ ।
राष्ट्रिय सभा चुनाव लगायत अन्य समसामयिक विषयमा छलफल गर्न दुई दलबीच छलफल हुन लागेको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपा नेपालबीच राष्ट्रिय सभा चुनावका लागि तालमेल भएपछि समाजवादी पार्टी काँग्रेससँग तालमेल गर्न लागेको हो ।
विगतमा राष्ट्रिय सभा चुनावमा राजपा, समाजवादी र नेकपाबीच तालमेल थियो । तर यसपटक समाजवादी पार्टीले काँग्रेससँग नगरेर नेकपासँग तालमेल गर्न लागेको सूचना राजपा नेपालले पाएपछि राजपाले समाजवादी पार्टी र काँग्रेसलाई छाडेर नेकपासँग तालमेल गरेको हो ।
समाजवादी पार्टीले प्रदेश २ मा राष्ट्रिय सभाको चुनाव जित्ने दावी गरेको छ । चुनावमा नेकपा र राजपा नेपालको मत तान्न सकिने आश्वासन काँग्रेस पार्टीलाई दिएको छ । त्यसै आधारमा दुई दलबीच तालमेल हुन लागेको हो ।