नारायणकाजी श्रेष्ठ र बेदुराम भुसाल राष्ट्रिय सभा सदस्य उम्मेदवार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले राष्ट्रिय सभा सदस्यको उमेद्वार टुंगो लगाएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार र शुक्रबार बसेको सचिवालय बैठकले माघ ९ गते हुने निर्वाचनका लागि १६ उम्मेदवारको नामावली टुङगो लगाएको हो।
जसअनुसार सचिवालय सदस्यसमेत रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा स्थायी समिति सदस्य वेदुराम भुसाललाई राष्ट्रियसभा उमेदवार बनाउने निर्णय गरेको हो । श्रेष्ठ गण्डकी प्रदेशवाट र भुसाल ३ नम्बर प्रदेशबाट उम्मेदवार रहने छन् ।
प्रदेश १ मा नेकपाले महिला तर्फ इन्दु गौतम, दलतीबाट गोपी अच्छामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार हुने भएका छन् ।
त्यस्तै सचिवालय बैठकले प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाले प्रदेश २ मा राजपासँग तालमेलको सहमति गरिसकेको छ ।
त्यस्तै प्रदेश ३ बाट महिलामा गंगा बेलबासेलाई उम्मेदवार बनाएको छ ।
गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेदवार हुने छन् । प्रदशे ५ मा नेकपाले महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई प्रदेश ६ मा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुनिता बिसी र सुदूरपश्चिम प्रदेशबाट अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्ट उम्मेदवार रहने छन् ।